मानव जीवनको सबैभन्दा महत्वपूर्ण खोज हो – परम सत्य, जसले हामीलाई जन्मको उद्देश्य, मृत्युपछिको अवस्थाबारे र मोक्षको मार्ग देखाउँछ। आजको भौतिकवादी युगमा जहाँ धन, सुख-सुविधा र प्रसिद्धिलाई नै अन्तिम लक्ष्य मानिन्छ, त्यही समयमा एउटा यस्तो दिव्य व्यक्तित्व छन् – जसले लाखौं मानिसहरूलाई अध्यात्मको साँचो मार्गमा ल्याईरहेका छन्। ती हुन् — जगतगुरु तत्वदर्शी सन्त रामपाल महाराज।
जीवन यात्रा र आरम्भिक पृष्ठभूमि
सन्त रामपाल महाराजको जन्म सन् १९५१ मा भारतको हरियाणा राज्यको सोनीपत जिल्लामा भएको हो। उहाँले प्रारम्भिक शिक्षा विज्ञानमा लिएका थिए र केही समय भारत सरकारको जल विभागमा इञ्जिनियरको रूपमा सेवा पनि गर्नुभयो। तर आत्मज्ञानको प्यासले उहाँलाई भौतिक दुनियाँभन्दा परको सत्य खोजतिर डोर्यायो। यही खोजमा उहाँले सतगुरु स्वामी रामदेवानन्दजी महाराजबाट नामदीक्षा प्राप्त गरी अध्यात्मको मार्गमा प्रवेश गर्नुभयो।
तत्वज्ञान र धार्मिक क्रान्ति
सन्त रामपाल महाराजले 'तत्वज्ञान' अर्थात् सृष्टि, ब्रह्माण्ड, आत्मा र परमात्माको वास्तविक स्वरूपका बारेमा बेजोड ज्ञान दिनुहुन्छ। उहाँले धर्मग्रन्थहरूको आधारमा यो प्रमाणित गर्नुहुन्छ कि सम्पूर्ण जीवहरूलाई मुक्ति दिने एकमात्र मार्ग सच्चा सतगुरुबाट नामदीक्षा प्राप्त गर्नु हो।
उहाँका प्रवचनहरूमा गीता, वेद, पुराण, कुरान, बाइबल लगायत सबै धर्मग्रन्थहरूको सन्दर्भ दिइन्छ, जसले उहाँको ज्ञानको गहिराइ देखाउँछ। सन्त रामपाल महाराजको ज्ञानले धर्मको नाममा चलिरहेका झूटा अन्धविश्वास, पाखण्ड र लोभमा आधारित साधनाहरूप्रति गम्भीर प्रश्न उठाउँछ।
समाजसेवा र अनुयायीहरूमा परिवर्तन
सन्त रामपाल महाराजको निर्देशनमा आज लाखौं मानिसहरू नशा, हिंसा, चोरी, झुठ, भ्रुण हत्या, पशुबलि जस्ता अधार्मिक गतिविधिहरू परित्याग गरेर एक सात्विक, शान्त र सेवा–मूलक जीवन बिताइरहेका छन्।
उहाँले नारी सम्मान, जातिविहीन समाज, समानता, शान्ति र भातृत्व जस्ता मुल्यहरूलाई उच्चतम स्थान दिएका छन्। उहाँका अनुयायीहरूले कुनै जात-पात भन्दैनन्, सबैलाई एउटै 'सतलोक आश्रम'को सन्तान मान्छन्।
विरोध र सहनशीलता
सन्त रामपाल महाराजमाथि विभिन्न मिथ्या आरोपहरू लगाइएका थिए, जसले उहाँलाई जेल जीवनसम्म ल्यायो। तर ती सबै आरोपहरू पछि झुठा प्रमाणित भए। उहाँले सधैं सत्य र अहिंसाको मार्गलाई अंगाल्दै आएका छन्। आज पनि उहाँ आफैँ जेलमा रहेर लाखौं मानिसको आध्यात्मिक जीवन परिवर्तन गरिरहेका छन् – जुन कुरा आजको युगमा दुर्लभ छ।
सन्त रामपाल महाराजको सन्देश
सन्त रामपाल महाराज भन्नुहुन्छ –
"मानव जीवनको एकमात्र लक्ष्य भनेको मोक्ष प्राप्त गर्नु हो, जुन केवल तत्वदर्शी सन्तबाट सच्चा नाम दीक्षा लिएर मात्र सम्भव छ।"
"सत्यलाई ग्रहन गर्न डर नमान, सत्य नै तिमीलाई मोक्षतर्फ डो¥याउँछ।"
निष्कर्ष
आजको युगमा सच्चा ज्ञान प्राप्त गर्ने सौभाग्य विरलै पाइन्छ। तर सन्त रामपाल महाराज जस्ता तत्वदर्शी सन्तको मार्गदर्शनले मात्र हामीले आफ्नो जीवनको साँचो उद्देश्य पहिचान गर्न सक्छौँ। उहाँको शिक्षाले न केवल व्यक्तिको जीवन रूपान्तरण गर्छ, बरु समग्र समाजमा नै नयाँ चेतनाको बीजारोपण गर्दछ।
✍️ लेख: रमेश सिंह बोहरा
📌 स्रोत: सतलोक आश्रम / सन्त रामपाल महाराजका आधिकारिक प्रवचन र किताबहरू
📚 सिफारिस पुस्तकहरू: "ज्ञान गंगा", "जीवनीय", "छिपा हुआ ज्ञान" आदि।
आधिकारिक वैबसाइट - गुरुजिको आधिकारिक साइटमा जान क्लिक गर्नुहोस्
Comments
Post a Comment