🌸 गौर पर्व (गौरादेवी पर्व) नेपालको विभिन्न ठाउँमा विशेषगरी सुदूरपश्चिम क्षेत्रमा धूमधामसाथ मनाइने गौर पर्व हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । यस पर्वलाई गौरादेवी व्रत वा गौर पर्व भनेर पनि चिनिन्छ । मुख्यतः महिलाहरूले आफ्नो पति, परिवार र गृहकल्याणको लागि देवी गौराको पूजा गरेर यो पर्व मनाउने प्रचलन रहेको छ । 📖 पर्वको पौराणिक कथा पौराणिक कथाअनुसार, देवी गौरा (पार्वती) ले भगवान शिवलाई पति स्वरूप पाउन कडा तपस्या गरेकी थिइन् । उनको तपस्याले प्रसन्न भएर भगवान शिवले उनलाई पतिरूपमा स्वीकार गरे । त्यसैबेलादेखि महिलाहरूले यो पर्वमा देवी गौराको पूजा आराधना गरी आफ्नो घर-परिवारको सुख, शान्ति र दीर्घायुको लागि व्रत बस्ने चलन चल्यो । 🙏 मुख्य उद्देश्य गौर पर्व विशेषगरी विवाहित महिलाहरूले मनाउने पर्व हो । यसमा महिलाहरूले यसरी पूजा गर्छन्— पतिका दीर्घायु र स्वास्थ्यको कामना परिवारमा सुख, शान्ति र समृद्धिको कामना गृहस्थ जीवनमा सौहार्द कायम होस् भन्ने उद्देश्य 🌺 पर्व मनाउने विधि गौर पर्व दुई–तीन दिनसम्म चल्ने गर्छ । यसमा गरि...
पाद (Flatulence) सुन्दा मजाक लाग्ने भए पनि यो वास्तवमा शरीरको प्राकृतिक प्रक्रिया हो । आन्द्रा र पेटमा भएको पाचनक्रियाबाट निस्कने ग्यासलाई बाहिर निकाल्ने काम पादले गर्छ । सामान्यत: एक व्यक्तिले दिनमा १४–२३ पटकसम्म पाद्ने गर्दछ ।
पाद के–के बाट बनेको हुन्छ ?
पादको मुख्य तत्वमा नाइट्रोजन (59%), हाइड्रोजन (21%), कार्बनडाइअक्साइड (9%), मिथेन (7%), अक्सिजन (3%) र अन्य ग्यास (1%) मिसिएको हुन्छ । यसकै कारण कहिले पादमा आवाज धेरै आउँछ भने कहिले दुर्गन्ध मात्र आउँछ ।
पादबारे रोचक तथ्यहरू
१. पाद निस्कँदा यसको तापक्रम करिब ९८.६° फरेनहाइट हुन्छ, जुन शरीरकै सामान्य तापक्रम हो।
२. पाद प्रज्वलनशील हुन्छ, त्यसैले पादिएको बेला आगो लगाउँदा बल्न सक्छ।
३. नुहाउँदा आएको पाद प्राय: बढी दुर्गन्धित हुन्छ।
४. पाद्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ – यसले पेट हल्का बनाउने मात्र होइन, रक्तचाप (Blood Pressure) नियन्त्रण गर्न पनि मद्दत पुर्याउँछ।
५. पाद रोकिराख्दा ग्यास मस्तिष्कमा पुगेर टाउको दुख्ने वा असहजता समेत हुन सक्छ।
६. ब्ल्यु व्हेलको पाद यति ठूलो हुन्छ कि त्यसको बुलबुलामा एउटै घोडा सजिलै अट्छ।
७. सबै प्राणीमध्ये धमिराले (Termite) सबैभन्दा धेरै पाद्छ।
८. मध्ययुगमा मानिसले आफ्नो पादलाई भाँडामा भरेर राख्थे र त्यसलाई सुँघ्दा आयु बढ्छ भन्ने अन्धविश्वास गर्थे।
९. कुकुरले आफ्नै पादलाई देख्न सक्छ भन्ने रोचक दाबी गरिएको छ।
१०. जीवनभरमा एउटै मानिसले करिब ४०२,००० पटक पाद्ने अनुमान छ।
११. पादको स्पिड लगभग १० फिट प्रति सेकेन्ड हुने भएकाले, बलिरहेको मैनबत्ती सजिलै निभाउन सक्छ।
१२. ‘फादर क्रिसमस’ नामक औषधि खाएपछि पादमा चकलेट वा गुलाबको बास्ना आउने भनाइ छ।
१३. सिमीको तरकारी खाएको दिन पाद बढी आउँछ।
१४. २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षे बालकलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो।
१५. अन्तरिक्षमा अन्तरिक्षयात्रीहरूले पाद्न सक्दैनन्, किनभने त्यहाँ गुरुत्वाकर्षण नहुँदा पेटमा पानी र ग्यास अलग गर्न नसकिने हुन्छ।
१६. पादमा रहेको १% हाइड्रोजन सल्फाइड नै दुर्गन्धको मुख्य कारण हो।
१७. यदि लगातार ६ वर्ष ९ महिना पादियो भने त्यसमा निस्कने ऊर्जा एक एटम बम बराबर हुने भनाइ छ।
१८. चिम्पान्जी पाद्दा निकै ठूलो आवाज निकाल्छ।
१९. पादै पादले भरिएको कोठामा थुनिए पनि मानिसको मृत्यु हुँदैन।
२०. हवाई यात्रामा मानिसहरूले बढी पाद्छन्, त्यसको दुर्गन्ध कम गर्न विमानमा चारकोल फिल्टर प्रयोग हुन्छ।
२१. मानिस मरेको ३ घण्टापछि पनि पाद निस्किरहन्छ।
२२. विश्वका सबै मानिसले एक वर्षमा करिब १७ क्वाड्रिलियन पटक (17,000,000,000,000,000) पाद्छन्।
२३. कहिलेकाहीं मलद्वारले पाद र दिसा छुट्याउन नसकेर, पादसँगै अलिकति दिसा पनि निस्कन सक्छ।
Comments
Post a Comment